×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयरको लिलामी बिक्री गर्दै प्रिमियर इन्स्योरेन्स

LAXMI SUNRISE BANK

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयरको लिलामी बिक्री गर्दै प्रिमियर इन्स्योरेन्स

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । इन्स्योरेन्सले आज शुक्रबारबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।  
लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।
 
उक्त लिलामी सेयरमा कात्तिक १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामी सयर खरिदको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनी ९नेपाल० को केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी