×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारद्वारा ९ जना सचिवको हेरफेर, कसलाई कहाँको जिम्मेवारीमा पठाइयो ?

LAXMI SUNRISE BANK

सरकारद्वारा ९ जना सचिवको हेरफेर, कसलाई कहाँको जिम्मेवारीमा पठाइयो ?

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले ९ जना सचिवहरुको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो ।
नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा पठाएको छ भने सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मेवारीमा पठाएको छ । 
यस्तै प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ  भने उक्त मन्त्रालयका सचिव सूर्य गौतमलाई भने युवा तथा खेलकूद मन्त्रालयमा सरुवा गरिएको छ । जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको छ । प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा पठाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी