काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुद्धारा प्रकाशित नयाँ ब्याजदर अनुसार ब्याजदर प्रकाशित गरेका १८ वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकहरुले कात्तिक महिनाको लागि घटाएर ब्याजदर सार्वजनिक गरेका छन् । त्यस्तै, दुई वटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् भने तिन वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।
कार्तिक महिनाका लागि नेपाल एसबिआइ बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका हुन् । नेपाल एसबिआइ बैंकले ०.७० प्रतिशतले ब्याजदर बढाएको छ भने एनएमबि बैंकले १.०१ प्रतिशतले ब्याजदर बढाएको छ ।
त्यस्तै, एभरेस्ट बैंक, प्रभु बैंक, स्टाण्डर चार्टर्ड बैंक, नेपाल बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, प्राईम कमर्सियल बैंक, हिमालयन बैंक र एनआइसी एशिया बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरु मध्ये एभरेस्ट बैंकले सबैभन्दा बढी १.८३ प्रतिशतले ब्याजदर घटाएको छ ।
यता,राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकले भने असोज महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।