Skip to content
LAXMI SUNRISE BANK

दक्षिण कोरिया पुगेका ११ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चार दिनअघि मात्र अध्ययनका लागि दक्षिण कोरिया पुगेका ११ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) का अनुसार राजधानी सोल नजिकैको गोयाङ शहरमा कोरियाली भाषा अध्ययनका लागि गएको शनिबार मात्रै त्यहाँ पुगेका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो ।
स्थानीय इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा शुरुमा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि समूहका सबैको परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK