×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहाको रामकुमार उमाप्रसाद स्मारक अस्पतालका चिकित्सकमा कोरोना संक्रमण, अस्पतालको सेवा बन्द

PRIME CA

सिरहाको रामकुमार उमाप्रसाद स्मारक अस्पतालका चिकित्सकमा कोरोना संक्रमण, अस्पतालको सेवा बन्द

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
लहान । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टी भएपछि अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।
अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: