
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्ला प्रशासन कार्यालय बन्द गरिएको छ ।
कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले सूचना प्रकाशित गरी असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् । बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालया कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्