काठमाडौँ । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
यसअघि ५ लगानीकर्ताले दिएको फरक फरक उजुरीपछि समितिको जेठ २९ गते बसेको बैठकले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स रोक्न निर्देशन दिएको थियो । पछि प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रिया रोकिएको थियो ।
यस अघि यसै समितिले लामो विरोध र चौतर्फी दबाबपछि प्रतिनिधि सभाको अर्थ समितिले जेठ २९ गते नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । पछि असार ५मा समितिले ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अनुमति दिएको थियो।
तर नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अदालतबाटै छिनोफानो भएको आशय दिंदै समितिले नयाँ स्टक एक्सचेन्ज ल्याउन निर्देशन दिएको हो । सो निर्देशनमा डा. स्वर्णिम वाग्लेले नोट अफ डिसेन्ट लेखेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्