Skip to content
LAXMI SUNRISE BANK

इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन एनआईबिएल एस क्यापिटलको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन मिति २०७७/१२/२४ गते सूचना प्रकाशित गरिएको थियो । कम्पनीले हालसम्म पनि सो योजनामा सहभागि नभएका इकाईधनीहरुलाई यथासिघ्र सहभागि हुन आग्रह गरेको छ ।
यस योजना अन्तर्गत इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिन सम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जानकारी गरिन्छ ।
लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया :
१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।
२) योग्य इकाईधनीहरुले अनलाईन लिंक (Online Link) https://mutualfund.niblcapital.comdf मा गई लाभांशपुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन सक्नुहुनेछ ।
३) आफ्नो हितग्राहिखातामा रहेको ईमेल ठेगाना मार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्नेछन् ।
ईमेलमा उल्लेख गर्नुपर्ने विवरण :
ईमेल विषयः लाभांश पुन-लगानी योजना
ईमेल ठेगानाः [email protected]
इकाईधनीको पुरा नामः
इकाईधनीको हितग्राहीखाता नंः
इकाईधनीको सम्पर्क नम्बरः
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK