×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँको १२ लाख कित्ता आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डले दियो बिक्रीको अनुमति

PRIME CA

तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँको १२ लाख कित्ता आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डले दियो बिक्रीको अनुमति

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीको आइपीओलाई निस्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ बिक्री गर्न  अनुमति दिएको हो । कम्पनीको स्थानीय र सर्वसाधारणलाई आइपीओ जारी गर्ने एकैपटक अनुमति मागेको हो । 
कम्पनीले पहिले चरणमा योजना प्रभावित स्थानीयलाई  र दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीको आइपीओमा एनआएबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ भने रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । 
कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: