- अर्थ सरोकार सम्बाददाता
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ मा रहेको नेउलापुर स्वास्थ्य चौकी र वडा नम्बर ७ को वडा कार्यालय सिल गरिएको छ । नेउलापुर स्वास्थ्य चौकीमा कार्यरत् एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएसंगै स्वास्थ्य चौकी असोज २५ गतेदेखि असोज २९ गतेसम्म सिल गरिएको हो ।
यस्तै सोही नगरपालिका वडा न- ७ का वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टी भएपछि वडा कार्यालय पनि ५ दिनका लागि सिल गरिएको नगरपालिकाले जनाएको छ । ।