×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट भक्तपुर अस्पतालमा एक जना मृत्यु, मृत्यु हुनेमा ५९ वर्षिय पुरुष

LAXMI SUNRISE BANK

कोरोनाबाट भक्तपुर अस्पतालमा एक जना मृत्यु, मृत्यु हुनेमा ५९ वर्षिय पुरुष

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । कोरोना संक्रमणबाट भक्तपुर अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ भेलुखेलका ५९ वर्षीय क्यान्सर पीडित पुरुषको आइतबार साँझ उपचारको क्रममा मृत्यु भएको हो ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार उनि स्वास्थ्य समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएको र पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । 
ती पुरुष घाँटीको क्यान्सरबाट पीडित थिए । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी