×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवकाशप्राप्त कर्मचारीले अब ६-६ महिनामा बैंक धाउनु नपर्ने

LAXMI SUNRISE BANK

अवकाशप्राप्त कर्मचारीले अब ६-६ महिनामा बैंक धाउनु नपर्ने

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले अवकाशप्राप्त कर्मचारीले अब ६-६ महिनामा बैंक धाउनु नपर्ने भएको छ । यसअघि प्रत्येक ६ महिनामा आफै उपस्थित भएर बैंक खाता सक्रिय गर्नुपर्ने व्यवस्था सरकारले हटाएको छ । महालेखा नियन्त्रकको कार्यालयले यस्तो व्यवस्था गरेको हो । 
विश्व महामारी कोरोनाका कारण बैंक जानु जोखिमपूर्ण भएकोले आगामी मंसिर मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयले नै बैंक खाता सक्रिय बनाइदिने भएको हो । सरकारी सेवाबाट अवकाश पाएका कर्मचारीहरुले पाइरहेका पेन्सन लिनको लागि लागि हरेक ६र६ महिनामा सम्बन्धित बैंकमा आफै उपस्थित भएर आफ्नो बैंक खाता सक्रिय बनाउनु पर्ने व्यवस्था थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी