×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना विशेष अस्पताल बुटवलमा थप १ संक्रमितको मृत्यु, रुपन्देहीमा मृत्यु हुनेको संख्या ४० पुग्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना विशेष अस्पताल बुटवलमा थप १ संक्रमितको मृत्यु, रुपन्देहीमा मृत्यु हुनेको संख्या ४० पुग्यो !

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । उनी संक्रमणपछि साउन २० गते अस्पताल भर्ना भएका थिए ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले उपचारका क्रममा उनको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको बताए । संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी