
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । चाँगुनारायण नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै आज (आइतबार)देखि केही दिनका लागि कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् ।
संक्रमितको नजिक सम्पर्कमा हुनुभएको वा लक्षण देखिएका सबैले परीक्षण गराउन र सतर्कता अपनाउन सबैलाई नगरप्रमुख मिश्रले आग्रह गरेका छन् । संक्रमित कर्मचारीको सम्र्पकमा रहेका सबै जनाको आइतबार बिहानबाट नै कन्ट्रयाक ट्रसिङ्ग सुरु भएको उनको भनाई छ ।
नगर कार्यपालिकाले एक सूचना जारी गरेर सङ्क्रमितसँग नजिक रहेकाहरुको स्वाब परीक्षण सुरु भएकाले आइतबारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द भएको जानकारी दिएका हो । नगरप्रमुख मिश्रकाअनुसार चाँगुनारायण नगरपालिकाका हालसम्म २ जना जनप्रतिनिधि, २ जना अधिकृत, २ जना स्वास्थ्यकर्मी गरेर ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चाँगुनारायणमा कोरोना भाईरस संक्रमणको कारणले एक जनाको मृत्यु भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्