काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वकर्तासमेत रहेका प्रसाईंले प्रसाईंले शुक्रबार आफूलाई सरकारले नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका हुन् ।
अदालतमा दायर गरिएको रिटमा सरकारले ठूलो संख्यामा प्रहरीको ‘टास्क फोर्स’ स्ट्याण्बाई राखेर बाहिर निस्किनसमेत नदिएको आरोप लगाएका छन् ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गराएका हुन् । सर्वोच्चमा दायर भएको उक्त रिट निवेदनमाथि आइतबार सुनुवाई हुने भएको छ ।
हाल प्रहरीले प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै काठमाडौँको तीनकुनेमा विशेष सुरक्षा परिचालन गरेको छ । तीनकुनेमा प्रहरीले प्रसाईंका समर्थकलाई धमाधम पक्राउ गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्