×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तास खेलिरहेका चार जना जुवाडे पक्राउ, एक लाख ९ हजार ३ सय रुपैयाँ बरामत !

LAXMI SUNRISE BANK

तास खेलिरहेका चार जना जुवाडे पक्राउ, एक लाख ९ हजार ३ सय रुपैयाँ बरामत !

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । महानगरीय प्रहरी वृत्त, थिमिले तास खेलिरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको छ । शनिबार साँझ ७ बजे विष्णुप्रसाद घिमिरेको घरमा श्याम थापाले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्रकुमार थापा, ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङका ४० वर्षीय नगेन्द्र राई छन् ।
प्रहरीले तास खालबाट ७६ हजार ८ सय रुपैयाँ र पक्राउ परेका व्यक्तिबाट ३२ हजार ५ सय रुपैयाँ गरी जम्मा एक लाख ९ हजार ३ सय रुपैयाँ बरामद गरेका छन्  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी