×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको आग्रह – ‘पुरानै लुगा लगाएर यसवर्षको दशैँ मनाउनू, नयाँ लुगा नकिन्नू’

LAXMI SUNRISE BANK

सरकारको आग्रह – ‘पुरानै लुगा लगाएर यसवर्षको दशैँ मनाउनू, नयाँ लुगा नकिन्नू’

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सरकारले आम जनतालाई यसवर्षको दशैं पुरानै कपडा लगाएर मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन् । उनले दशैँमा भीडभाडमा गएर किनमेल नगर्न भनेका हुन् ।
‘भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सर-समानको प्रयोग गरी दशैं मनाउ र घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।’ गौतम भने ‘घरमै रहेका अग्रजको हातबाट टिका ग्रहण गरी दशैं मनाउ ।’ साथै उनले टिका लगाउन घर बाहिर नजान र अनलाइन वा फोनबाट आर्शिवाद लिन पनि आग्रह गरेका छन् । उनले आम  जनतालाई दशैंको नाममा एकैठाउँमा भेला भएर ठुलो भोजभतेर नगरी सचेत रहन भनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी