
- अर्थ सरोकार सम्बाददाता
हेटौँडा । कोरोना सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएका छन् । ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसीआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पृष्टि भएपछि सो कम्पनी विगत एक हप्ता देखि बन्द अवस्थामा रहेको बताइएको छ ।
उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनालाई असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ । विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, सर्फ, स्याम्पु र मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्