काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई ‘अव सेयर कर्जा दिए हुन्छ’ भन्ने सन्देश दिएको शैलीमा लचकता देखाएपछि, सेयर कर्जाको जोखिमभार १५० बाट १२५ मा झारेपछि आइतबारको कारोबारमा पोजेटिभ सर्किटमात्र लागेन, त्यसले लामो समय बिरक्तिएको बजारलाई नै पोजेटिभ माहोल बनाईदियो । पट्यारलाग्दो बियरिस बजार अनि त्योभन्दा पनि पट्यारलाग्दो साइडवेजपछि सेयर बजारमा देखिएको सर्किटले बजारमा छुट्टै माहोल बन्यो । ब्रोकरहरुमा लगानीकर्ताहरु उफ्रिएर नाचे, हामीले पनि केक काटेर पोजेटिभ सर्किटको खुसी साट्यौँ, समग्रमा बजारमा जुन सकारात्मकताले स्थान लियो, त्यो चरम बियरिसपछिको लामो साइडवेजलाई ब्रेक गरेको बजारका लागि टर्निङ्ग पोइन्ट नै सावित हुँदैछ ।
अनि यहिबेला बजार १६०० मा आउला अनि किनौँला भनेर आँ गरेर बसेका बियरलभरहरु तनावमा रहे । बजारले सर्किट हानेपछि भोलिपल्टको बजारमा करेक्सन आउनु स्वभाविक हो भन्ने पनि नबुझेका ती कथित विज्ञहरुले भोलिपल्ट भएको सामान्य करेक्सनलाई खुचिङ्ग भनेर परिभाषा गरे । मंगलबार विहानसम्म पनि सर्किटमा केक काट्नेहरु कता पसे भनेर सामान्य करेक्सनलाई जिस्क्याईरहे । आज अव मंगलबारको बजारसँगै देखिएको लगभगको कन्फर्मेसनले ती बियरलभरहरु कुन दुलोमा पस्छन् वा कुन भट्टी छिर्छन् थाहा छैन, तर बजारमा आएको सकारात्मकताले नेपाली सेयर बजारलाई खुसी दिएको छ ।
पछिल्लो समय बजार बढ्नुका विभिन्न कारण छन् । पहिलो कारण भनेको बजार निकै घटिसकेको थियो । १८०० को बिन्दुलाई पटक पटक टेष्ट गरेर चलिरहेको बजारले कुनै एक बिग गुड न्युज पर्खिरहेको थियो । र त शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लचक मात्र बनाएर, थप लचक हुने संकेत पनि गर्यो। दोश्रो, ब्याजदरमा मिठो घटोत्तरी प्रष्ट थियो । तेश्रो, अव बियरिस सकिएको हो कि भन्ने भान धेरैलाई भईसकेको थियो, चौथो बुल आउन अव त ढिला भएन र ? भन्ने स्पष्ट सन्देश बजारले दिईरहेको थियो । त्यसपछि त आइतबार १११ अंक माथि उफ्रियो सेयर बजारको साँढे । सुतेर बसेको साँढे एक लट गज्जबसँग उफ्रिएपछि केहि थाक्नु सामान्य हो भनेर बुझ्नुपर्छ पोजेटिभ सर्किटपछिको करेक्सन । मंगलबारको बजारले अव बजार धेरै तल आउँदैन भन्ने तथ्यलाई थप प्रमाणित गरिदिएको छ । अग्रज लगानीकर्ता सुबास चन्द्र भट्टराईले भनेजस्तै बजारले माथि जाने लाइन समातेको छ ।
तर यसो भन्दैमा फेरी सबै कुरा छोडेर, अरु कुरा नसुनेर, नबुझेर सेयर किन्नु घातक हुन्छ । बजार हो, भन्न सकिन्न, भोलि जे पनि हुन सक्छ । यस्तो अवस्थामा नआत्तिने र नमात्तिनेले नै जित्छ । यसपटक पनि जीत नआत्तिने र नमात्तिनेकै हुनेछ । भलै, यो बुलको सुरुवात हो वा होइन, त्यसको सटिक जवाफ केहि दिनपछिको बजारले प्रष्ट पार्नेछ, तर सत्य यो चाहिं जरुर हो, कि यसपटकको बियरिसको औपचारिक अन्त्य प्रमाणित भएको छ । साइडवेजमा ब्रेक लागेको छ, र सेयर बजारमा आइसब्रेक भएको छ ।
अव बुझौँ यो बुल नै हो भने पनि बुलमा के के भुल गर्नु हुँदैन भन्ने तथ्यः
१. सेयर बजारमा लगानी गर्ने जो कोहि लगानीकर्ताले बजार घटेपछि बढ्छ र बढेपछि घट्छ भन्ने बुझ्नुपर्छ । अहिले बढीरहेको बजार पनि एक दिन जरुर घट्छ । घटेपछि बजार फेरि बढ्छ । बुलमा धेरैलाई ओहो बढ्न थालेपछि त गुटुङटुङ बढ्छ, बजार घट्दैन भन्ने भ्रम हुन्छ । यो सरासर गलत हो । त्यसैले बजारमा संयमित हुन जान्नुपर्छ ।
२. सेयर बजारमा लगानी गर्दा स्पष्ट रुपमा टार्गेट सेट गर्नुपर्छ । आफ्नो टार्गेट पुगेपछि लोभ नगरी बेच्नुपर्छ । सेयर बजारले धैर्यता राख्नेलाई जिताउँछ, लोभ गर्नेलाई सजाय दिन्छ । त्यसैले सेयर बजारमा आफ्नो टार्गेट पुगेपछि सेयर बेच्न पनि जान्नुपर्छ । अनि पो नाफा हुन्छ त । नत्र त उही कागजी हिसाब बाहेक के नै पो हुन्छ र ।
३. बजारमा लगानी गर्दा राम्रा कम्पनी छान्न सक्नुपर्छ । अव त बुल आयो, जस्तो कम्पनी पनि बढीहाल्छ नि भन्ने भ्रम त्याग्नुपर्छ । झन् बुलमा त नन फण्डामेन्टल सेयरमा मात्र र्याली आउँछ भन्ने भ्रम त्याग्नुपर्छ । एक पटकको बुलमा यस्तो भयो भनेर सधैँ त्यस्तो हुँदैन । कम्पनी छान्दा, भोलि बजार घटी नै हाल्यो भने पनि त्यसले रिटर्न दिने खालको छान्नुपर्छ ।
४. बजारमा बियर ग्याङ्गहरु सक्रिय छन् । जसले बजार जसरी पनि घट्छघट्छ भनेर रोइलो गर्ने ठेक्का पाएका छन् । उनीहरुले बजार कन्फर्म घट्छ बाहेक केहि भन्न जान्दैनन्, त्यस्ता बियर ग्याङ्गबाट जोगिनुपर्छ । यस्तै एउटा ग्याङ्ग चलाउने लगानीकर्ता प्रहरी खोरसम्म पुगे, अरु अझै सल्बलाईरहेका छन् सामाजिक संजालमा ।
५. सेयर किन्दा पैसा तपाईंको । नाफा भए नाफा पनि तपाईंको । घाटा भए घाटा पनि तपाईंको । त्यसैले आफु अरुका कुरा सुनेर सेयर किन्ने, अनि घाटा भयो भने फलानोले टोपी लगायो भन्नु ठिक होइन । आफुले बुझेर मात्र सेयर किन्नुपर्छ । बरु २ रुपियाँ महँगो हाल्ने, तर अध्ययन गरेर मात्र हाल्ने । भोलि किनेन भने त ट्रेन नै छुट्छ भन्ने सोच्ने होइन । बजारले बुलमा पनि पटक पटक लगानीकर्तालाई अवसर दिन्छ । पोजेटिभ सर्किटपछिको करेक्सन पनि त्यस्तै एउटा अवसर हुनसक्थ्यो, हुनसक्छ । घटेका बेलालाई अवसरका रुपमा लिनुपर्छ ।
६. बजारमा कथित विज्ञहरुबाट जोगिनुपर्छ । यस्ता स्वघोसित विज्ञहरुले आफुले सेयर बेच्ने मान्छे नपाएपछि तपाईंलाई किन्नु भन्छन् । अनि त्यस्ता कथित विज्ञहरु कसरी चिन्ने त ? यसको सहज बाटो छ । उनीहरुसँग खासमा फण्डामेन्टल सेयर नै हुँदैन । नन फण्डामेन्टल सेयरमा फण्डा चलाउँदा पनि नचलेपछि उनीहरुले सोझा लगानीकर्तालाई फसाउँछन । यस विषयमा सजग रहनुपर्छ ।
७. बजारमा केहि कुरामा पनि हतारिनु हुँदैन । भएभरको पैसा आजै बजारमा लगाउनु ठिक होइन । भएभरको सेयर उही स्क्रिप्टमा लगाउनु पनि ठिक होइन । आज केहि प्रतिशत, भोलि केहि प्रतिशत गरेर सेयर किन्दा राम्रो हुन्छ ।
८. सेयर बजारमा घाटा खाएर धेरै बौलाएका छन् । धेरैले आफ्नो प्राण त्यागेका छन् । धेरै मान्छे मानसिक रोगको सिकार पनि भएका छन् । फेरी तिनै बेला बेला सामाजिक संजालमा विज्ञ कहलिन्छन् । यस्ताबाट जोगिनुपर्छ । एक केजी टमाटर किन्दा त ३ पटक ओल्टाईपल्टाई हेर्ने हामीले सेयर किन्दा सजग रहनुनै पर्छ।
९. अव फेरी बुल कन्फर्म हो, अवको बजार सिधै माथि जान्छ भन्नेचाहिँ होइन । देशको अर्थतन्त्रमा अझै पनि धुमिल वातावरण छ । यस विषयलाई ख्याल गर्नुपर्छ । ब्याजदर सस्तो भएको पक्कै हो, तर ऋण लिएर सेयरमा हाल्नुअघि केहि समय पर्खंदा राम्रो हुन्छ । नत्र ऋणले पिरोल्छ ।
१०. बजार घटेका बेला आत्तिनु हुँदैन, बरु त्यसलाई अवसरका रुपमा लिनुपर्छ । बजार बढेका बेला मात्तिनु हुँदैन, बरु सो समयमा सेयर बेचेर नाफा बुक गर्न पनि जान्नुपर्छ । सेयर बजारमा म खेल्दैछु होइन, म लगानी गर्दैछु भन्ने सोच्नुपर्छ । खेलमा हारजित हुन्छ, लगानीमा कि रिटर्न हुन्छ, कि रिटर्नको आश गरेर भविष्यमा थप अध्ययन र मेहेनत गरिन्छ ।
११. बढेको बजारमा बजार घट्छ पनि भन्नेचाहिँ बिर्सिनु हुँदै हुन्न । सेयर बजारका नन फण्डामेन्टल कम्पनीमा भविष्य हुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ । खेलाडीले खेलाईदिएको सेयरमा तपाईंको अनुभवले जित्दैन । जित्ने खेलाडीले नै हो । त्यसैले खेलाइएको लागेको सेयरमा लगानी गर्नुअघि १० पटक होइन २० पटक सोच्नुपर्छ । किनकि खेलाडीसँग पो करोडौँ पैसा हुन्छ, तपाईंको केहि लाख रुपैयाँ सकियो भने त सकीईहाल्यो नि ।
१२. अव त बजार बुल हो भनेर ब्रोकरले दिएको लिमिटमा खेल्ने होइन, आफ्नो पैसामा लगानी गर्नुपर्छ । धेरै छिटो कुद्न खोज्दा लडिन्छ । ब्यालेन्सड कुदाईले तपाईंलाई गन्तब्यमा लैजान्छ । यति बुझे सेयर बजार सुन्दर छ ।
१३. सेयर बजारमा लगानी गर्दा आफ्नो पैसा र आफ्नै अनुभवले बढी कमाइन्छ । यो सेयर बजारको मूलमन्त्र हो । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्