×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतमा धमाधम कार्यालय सिल

LAXMI SUNRISE BANK

कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतमा धमाधम कार्यालय सिल

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत। सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो ।
वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको छ । सेवाग्राहीको अत्यधिक भीड हुने बैंक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन् । प्रदेशसभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय बन्द रहने सूचना जारी गरेको छ ।
कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो । बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटिएम सेवा भने सञ्चालन रहने बताए । – रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी