×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरियाली, ५ अर्व १५ करोडमाथिको कारोबार हुँदा नेप्से २०२२.३५ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा हरियाली, ५ अर्व १५ करोडमाथिको कारोबार हुँदा नेप्से २०२२.३५ बिन्दुमा

Artha Sarokar

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५  बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ९० हजार ७ सय ४६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा रिडी पावर कम्पनी, शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जल विद्युत कम्पनी र बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ९० हजार ७ सय ४६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, अरुण काबेली पावर र युनाईटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । हिमालयन लघुवित्तमा यस्तो गिरावट आउँदा एनएमबि माइक्रोफाइनान्स लघुवित्त, मानुषी लघुवित्त, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी