Skip to content
LAXMI SUNRISE BANK

नेपाल एयरलाइन्सका दुई कर्मचारी निलम्बनमा परे

अर्थ सरोकार

काठमाडौँ । नेपाल एयरलाइन्सका दुई कर्मचारी निलम्बनमा परेका छन् । किर्ते कागज बनाएर नेपालीलाई भिजिट भिसामा खाडी मुलुक पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।

लिखत सम्बन्धी कसुर मुद्दामा पक्राउ परेकाले निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले पोखरलेललाई मंसिर २५ गतेदेखि लागु हुने गरी निलम्बन गरेका हुन् ।

त्यस्तै, वरिष्ठ सहायक यादवलाई २७ मंसिरदेखि लागु हुने गरी नलिम्बन गरिएको हो । योसँगै भिजिट भिसा प्रकरणमा पक्राउ परेका निगमका दुवैजनाविरुद्धको मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म निलम्बन जारी रहने भएको छ ।

नेपाली नागरिकलाई भिजिट भिसामा खाडी मुलुक पठाउनका लागि नक्कली कागज बनाउन सहयोग गरेको भन्दै प्रहरीले दुवैजनालाई मंसिर २५ र २७ गते पक्राउ गरेको थियो । हाल उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK