- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल फाइनान्स कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
बोर्डले कम्पनीलाई १.२५ को अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यमा १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति दिएको हो । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल रहेको छ ।