×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भेरी अस्पतालका लेखा अधिकृत आचार्यसहित १५ जना कर्मचारी विरुद्द मुद्दा दायर, भ्रष्टाचार गरेको आरोप !

LAXMI SUNRISE BANK

भेरी अस्पतालका लेखा अधिकृत आचार्यसहित १५ जना कर्मचारी विरुद्द मुद्दा दायर, भ्रष्टाचार गरेको आरोप !

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालका १५ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार विशेष अदालतमा १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ हिनामिना भएको दाबी गर्दै मुद्दा दायर गरेको हो। 
भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखे पछि अख्तियारले खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँ सहित निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६-०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
आयोगले माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी