
- अर्थ सरोकार सम्बादादाता
धनगढी । धनगढीमा कार्यरत ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
बिहिबार धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ट्राफिक प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी मोहनसिंह धामीलाई कोरोना संक्रमण पुष्टी भएको ट्राफिक प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसभन्दा अगाडी गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पुनः परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।’
संक्रमित कर्मचारीको अवस्था सामान्य रहेको र अहिले उनि होम आईसोलेसनमा बसेको प्रहरी प्रमुख बोहराले बताउनुभयो । उहाँले संक्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको कन्ट्याक ट्रेसिङ्गका आधारमा अन्यको पनि कोरोना परिक्षण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्