×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी अध्ययनकै निष्कर्ष- ‘नेप्सेको सिष्टम कब्जा गरेर वाईकोले बदमासी गरेको देखियो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारी अध्ययनकै निष्कर्ष- ‘नेप्सेको सिष्टम कब्जा गरेर वाईकोले बदमासी गरेको देखियो’

६ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) भित्र व्यापक चलखेल हुनेगरेको चर्चा यसअघि पनि हुने गरेको थियो । तर सरकारी अध्ययनले नै यो चर्चालाई पुष्टी गरेको छ ।  नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनले नेप्सेमा वाईको कम्पनीसँग मिलेर केहि सिमित व्यापारिक घरानाले नेप्सेको सिष्टम कब्जामा लिएर बजार प्रभावित हुनेगरी चलखेल गरेको पाइएको छ । वाईकोसँग मिलेर सिमित स्वार्थ समूहले कम्पनीको सेयर भाउ बढाउने, मन नपरेका कम्पनीको भाउ घटाउने गरेको खुलासासमेत भएको छ । बोर्ड सञ्चालक समितिले आइटी विज्ञ सरोज लामिछानेको संयोजकत्वमा समिति बनाएर नेप्सेमाथि गरेको अनुसन्धानका क्रममा यस्तो गम्भीर बदमासी भएको भेटेको हो ।
बोर्डले गरेको अध्ययन अनुसार सिमित व्यक्तिको स्वार्थमा सेयरमा कृत्रिम माग राखी चलखेल हुने गरेको छ।  नेप्सेको आईटी विभागका कर्मचारी, केहि ब्रोकर र ठुला लगानीकर्ताहरुको मिलेमतोमा चलखेल हुने गरेको र यस्तो चलखेलले सोझा लगानीकर्ता फसिरहेको बोर्डले गरेको अध्ययनले खुलासा गरेको छ ।
नेप्सेभित्र व्यापक चलखेल गरेको आरोप लागेपछि बोर्डले यस विषयमा छानविन गर्न अनुसन्धान समिति बनाएको थियो । सो समितिले वाईको आफैंले नेप्सेकै अधिकारीहरुलाई गुमराहमा राखी, नेप्सेका कर्मचारीहरुको मिलेमतोमा ठुलो चलखेल गरेकोसमेत पाइएको प्रतिवेदन तयार गरेको छ । सो समितिले गरेको अध्ययनका क्रममा वाईकोले केहि ब्रोकरहरुको सिष्टममा कहिले पनि समस्या नआउने र कुनै ब्रोकरको सिष्टममा समस्या आईरहने बनाईरहेकोसमेत पाइएको छ ।
कारोबार व्यवस्थापन प्रणाली र धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली (नट्स) सञ्चालन तथा मर्मत सम्भारसम्बन्धी कार्य एउटै सेवा प्रदायक कम्पनीमार्फत भइरहेको र सो काम गलत भएकोसमेत सो प्रतिवेदनमा उल्लेख छ ।
बोर्डको समितिले स्थलगत अनुगमनका क्रममा वाईकोले गैरकानुनी रुपमा महत्वपूर्ण प्रणालीहरुमा पहुँच बनाएकोसमेत उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी