×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाको मेरिल्याण्डस्थितको बैंक लुट्ने ३० वर्षिय सम्राट लामा पक्राउ, छुरी देखाएर लुटेका थिए बैंक…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अमेरिकाको मेरिल्याण्डस्थितको बैंक लुट्ने ३० वर्षिय सम्राट लामा पक्राउ, छुरी देखाएर लुटेका थिए बैंक…

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकमा छुरी देखाएर डकैत गर्न खोज्ने  एक नेपाली पक्राउ परेका छन् । गेथसबर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले ३० बर्षिय सम्राट लामालाई पक्राउ गरेका हुन् ।
मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए । कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए । लामा बैंक खाता खोल्ने बहानामा बैंक भित्र प्रवेश गरेका थिए । उनले त्यसपछि आफुले बोकेको झोलाबाट चक्कु देखाई पैसा मागेका थिए । उनले कर्मचारीलाई पैसा निकालेर फोहोर फयाक्ने झोलामा राख्न चेतावनी दिएका थिए ।
बैंकका कर्मचारीले प्रहरीलाई फोन गरेका थिए । तत्कालनै प्रहरीहरु बैंकमा पुगेका थिए ।  सो बेला लामा बैंकभित्रै रहेका थिए , उनि बैंकबाट भाग्न पाएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको हो । लामालाई हातहतियारसहित डकैत,प्रथम श्रेणीको आक्रमण र दोश्रो श्रेणीको आक्रमणको आरोप लगाइएको छ । उनि आगामी नोभेम्बर १३ का दिन अदालत हाजिर हुने भएका छन् । -एजेन्सीको सहयोगमा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी