×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यती एयरलाइन्सद्वारा काठमाडौँ­-सिमरा उडान सुरु, भाडा २ हजार, सुरक्षित यात्रा गर्न पाउँदा यात्रु भए मख्ख ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यती एयरलाइन्सद्वारा काठमाडौँ­-सिमरा उडान सुरु, भाडा २ हजार, सुरक्षित यात्रा गर्न पाउँदा यात्रु भए मख्ख ! (भिडियो रिपोर्ट)

Artha Sarokar

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । यती एयरलाइन्सले आज (बुधबार) देखि काठमाडौँ­–सिमरा–काठमाडौं उडान शुरु गरेको छ । एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौं देखि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । एयरलाइन्सले उच्च सतर्कता अपनाएर आजबाट काठमाडौं–सिमारा–काठमाडौं उडान सुचारु गरिएको बताएको छ । आज नाइन एन–एएलएज कल साइन भएको जेटस्ट्रीम–४१ विमान मार्फत विहान ९ बजेर १० मिनेटमा पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ बजेर ४५ मिनेटमा हुने पनि एयरलाइन्सले बताएको छ । 
एयरलाइन्सले कोभिड संक्रमणको रोकथामका सबै मापदण्ड अपनाएर यात्रा गर्ने वातावरण मिलाएको बताएको छ । एयरलाइन्समा यात्रा गर्ने यात्रुले पनि धेरै समय पछि यति एयरलाइन्समार्फत यात्रा गर्न पाउँदा सुरक्षित महसुस भएको बताएका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई उच्चतम ध्यान दिई यात्रुलाई सुरक्षित भई यात्रा गर्ने वातावरण एयरलाइन्सले बनाएको यात्रुहरुको भनाई छ ।
ययरलाइन्सले पनि अवदेखि दैनिक दुई वटा उडान काठमाडौं–सिमरा–काठमाडौंका लागि हुने बताएको छ । यात्रुहरुको माग भएमा उडान संख्या थप्न सकिने पनि एयरलाईन्सको भनाई छ । यस्तै एयरलाइन्सले आज पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रु मध्ये गोलाप्रथा मार्फत १ जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने बताएको छ ।
यतिले हालको लागि काठमाडौं–सिमरा–काठमाडौं उडानमा एकतर्फि १ हजार ९ सय ९९ रुपैयाँ भाडादर तोकेको छ । २०५५ साल देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज मार्फत सेवा दिदै आएको छ । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी