Skip to content
LAXMI SUNRISE BANK

५ वर्षपछि साउदी कम्पनीले नेपालीलाई तलब लिन बोलायो !

अर्थ सरोकार

काठमाडौँ । पाँच वर्षअघि टाट पल्टिएको साउदी अरबको मोहमद अल मोजिल ग्रुप कम्पनीले नेपाली श्रमिकहरुलाई तलव सुविधा लिन बोलाएको छ । कम्पनी टाट पल्टिएपछि पाँच वर्षअघि बिना पारिश्रमिक नेपाल फर्काइएका ५ सय ७१ जना नेपालीलाई कम्पनीले लिन बाँकी रहेको पारिश्रमिक लिन बोलाएको हो ।

टाट पल्टिएको पाँच वर्षपछि कम्पनीले नेपाली श्रमिकलाई तलब लिन बोलाएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले पुष्टि गरेका छन् ।

कार्कीका अनुसार तलव नलिई नेपाल फर्किएका श्रमिकहरुलाई तलव लिन आउन कम्पनीले दूतावासमार्फत अनुरोध गरेको छ । दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पाँच वषअघि तलवसुविधा नलिई फर्किएका नेपाली श्रमिकलाई आफूले पाउन बाँकी सुविधा लिन आउन अनुरोध गरेको छ ।

मोहमद अल मोजिम ग्रुप कम्पनीबाट पारिश्रमिकलगायतका सुविधा लिन बाँकी नेपाली श्रमिकहरुले दूतावासले प्रकाशित गरेको लिंकमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । यसरी प्राप्त सूचना तथा विवरणअनुसार दूतावासले कम्पनीलाई भुक्तानीका लागि अनुरोध गर्नेछ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने नेपालीहरुलाई कम्पनीहरुले तलव नदिएर मर्कामा पारेका खबर आईरहेको बेला साउदी अरबको मोहमद अल मोजिल ग्रुप कम्पनीले टाट पल्टिएपछि पनि भुक्तानी गर्न बाँकी पारिश्रमिक भुक्तानी गर्न लागेको हो । यसले खासगरी वैदेशिक रोजगारीमा साउदी पुगेका नेपालीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK