काठमाडौँ । के तपाईं ऋण लिने सोच्दै हुनुहुन्छ ? वा कुन बैंकबाट ऋण लिने भन्ने दोधारमा हुनुहुन्छ ? वा कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ? भन्ने कुरामा अलमल हुनुहुन्छ ? वा बैंकबाट ऋण कसरी लिने, के के कागजात चाहिन्छ भन्ने जानकारी तपाईंलाई नभएर तनावमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने, अव तपाईंलाई सहयोगी हुनेगरी अर्थ सरोकार डटकमले ‘बैंकर दाई‘ सार्वजनिक गरेको छ ।
ऋणीलाई कुन बैंकबाट ऋण लिने भन्ने कुराको निर्णय लिन सहयोग होस् भनेर अर्थ सरोकारले सार्वजनिक गरेको ‘बैंकर दाई‘ प्लेटफर्ममार्फत तपाईंले कुन बैंकले कति ब्याजमा ऋण दिन्छन्, कुन बैंकबाट ऋण लिँदा ब्याज सस्तो पर्छ ?, ऋण लिँदा के-के कागज आवश्यक पर्छ लगायतका विषयमा तपाईंले खोजेको जानकारी पाउन सक्नुहुनेछ । तपाईंले लिन खोजेको ऋण कस्तो प्रकारको हो, सो प्रकारको ऋण कुन बैंकले कति ब्याजदरमा दिन्छ भन्ने विवरणसमेत बैंकर दाई प्लेटफर्ममा पाउन सकिने अर्थ सरोकारले जनाएको छ ।
ऋण लिने प्रक्रियामा कुनै प्रक्रिया नबुझे वा विज्ञको सल्लाह चाहिए, अर्थ सरोकारको बैंकर दाई प्लेटफर्ममा सो सेवा पनि उपलब्ध रहेको अर्थ सरोकारले जनाएको छ । आफुले लिन चाहेको ऋणको प्रक्रार हेरी कस्तो ऋण, कुन बैंकले कति ब्याजमा दिन्छ भन्ने थाहा पाउनका लागि प्रयोगकर्ताले बैंकर दाई डट अर्थ सरोकार डटकम लग अनगरी मेनुको loan /ऋण सेक्सनमा गई, आफुले लिन चाहेको ऋणको प्रकार छानी, कुन बैंकले तपाईंलाई कति ब्याजमा ऋण दिन्छ भन्ने विवरण हेर्न सक्नेछन् ।
यसका साथै प्रयोगकर्ताले ‘कुन बैंकको आधार दर कति छ ?’, ‘कुन बैंकको निष्क्रिय कर्जा कति छ ?’ भन्ने जानकारी पनि सो प्लेटफर्ममार्फत लिन सक्नेछन् । यसका लागि प्लेटफर्मको मेनुमा गई बैंकको आधार दर र निष्क्रिय कर्जा लेखिएको लिंकमा क्लिक गर्नुपर्नेछ ।
अरु के के छन् बैंकर दाईका सेवाहरु ?
१. नेपालका बैंकहरुले दिने कर्जाबारे जानकारी ।
२. तपाईंले बचत वा मुद्दती निक्षेपमा पैसा राख्न चाहेमा कुन बैंकले कति ब्याज दिन्छ भन्ने जानकारी ।
३. कुन बैंकको आधार दर र निष्क्रिय कर्जा कति छ भन्ने विवरण ।
४. बैंकहरुले दिने क्रेडिट कार्डबारे जानकारी ।
५. कुन बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ भन्ने जानकारी
६.बैंकको सेवा मन परेको खण्डमा वा मन नपरेको खण्डमा सम्बन्धित बैंकलाई रेटिङ गर्न सक्ने सुविधा
७. सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको गुनासो गर्ने ठाउँसम्बन्धि एकिकृत जानकारी तथा राष्ट्र बैंकको गुनासो गर्ने इकाईको अनलाइन लिंक।
८. बैंकहरुले गुनासोको सम्बोधन नगरे, अर्थ सरोकारमार्फत गुनासो सम्बोधनका लागि दबाब दिने सुविधा ।
९. बैंक तथा लघुवित्तका कर्मचारीहरुले आफूहरुमाथि अन्याय महसुस गरेको खण्डमा अफिसर वा सो भन्दा तल्लो तहका कर्मचारीहरुलाई नि:शुल्क कानुनी सेवा ।
१०. बैंक तथा वित्तीय संस्था सम्बन्धि सबै भ्याकेन्सी अव एकै ठाउँमा हेर्न मिल्ने सुविधा
११. बैंकिङ तयारी गरिरहेकाहरुलाई अनलाइनमै मोडल परिक्षा दिने सुविधा
१२. बैंकबाट ऋण लिने चाहानेहरुलाई अनलाइनमार्फत नि:शुल्क परामर्श
१३. तपाईंलाई बैंकले कतिसम्म ऋण दिन सक्छ भन्ने जानकारी पाइने ‘इलिजिबिलिटी टेष्ट’
१४. सबै बैंक तथा वित्तीय संस्थाका जानकारी एकै पोर्टलमा हेर्न पाइने सुविधा
१५. तपाईंलाई मन पर्ने सीइओलाई भोट गर्ने सुविधा
१६. तपाईं कार्यरत बैंकको बैंकको बार्षिकोत्सव कहिले हो भन्ने जानकारी । बार्षिकोत्सव आउन कति समय लाग्छ भन्ने विवरण । (बैंकका कर्मचारीहरुका लागि)
१७. बजारमा सबैभन्दा चर्चित कर्जाका प्रोडक्ट र चर्चित निक्षेपका प्रोडक्टहरु कुन कुन हुन् भन्ने जानकारी ।
१८. बैंकर, ऋणी र बैंकिङ तयारी गरिरहेकाहरुका लागि छुट्टै सामाजिक सञ्जालको सुविधा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्