×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा वाणिज्य बैंकले केन्द्रिय कार्यालयसहित चार वटा शाखाबाट सेवा दिन पाउने, बीमाको पनि ‘हेड अफिस’मात्रै खुल्ने

PRIME CA

काठमाडौँमा वाणिज्य बैंकले केन्द्रिय कार्यालयसहित चार वटा शाखाबाट सेवा दिन पाउने, बीमाको पनि ‘हेड अफिस’मात्रै खुल्ने

१९ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा कम्पनीहरुले अब केन्द्रिय कार्यालय मात्रै खोल्न पाउने भएका छन् । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय  गरेको हो । सो बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय पनि गरेको छ । यस्तै बैंकहरुको हकमा भने काठमाडौँ उपत्यकामा वाणिज्य बैंकले केन्द्रिय कार्यालयसहित चार वटा शाखा कार्यालयबाट सेवा दिन पाउने छन्  ।
विकास बैंकको हकमा केन्द्रिय कार्यालय र २ वटा शाखा कार्यालय, वित्त कम्पनीको हकमा केन्द्रिय कार्यालय र १ वटा शाखा कार्यालय, बीमा समिति तथा बीमा कम्पनीको हकमा कर्पोरेट कार्यालय  र धितोपत्र बोर्ड मात्र खुल्ने गरि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाइ सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: