
रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुर्याउने गरेको छ । नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
कोभिड – १९ उत्पत्ति भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म ५० करोड राजश्व असूल भएको जनाइएको छ । परीक्षणका लागि दैनिक आठ । दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ ।
सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र रसुवागढीबाट टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ । कोभिड –१९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ । कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको बताइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्