×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ५६ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ५६ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति पुग्यो ?

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख नाघेको छ । विश्वभर ३ करोड ५६ लाख ८१ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ । सबै भन्दा धेरै संक्रमण पुष्टी हुनेको संख्या अमेरिकामा रहेको छ। अमेरिकामा संक्रमितको संख्या ७४ लाख ९६ हजार २९ पुगेको छ । त्यस्तै भारतमा ६६ लाख ८५ हजार ८२, ब्राजिलमा ४९ लाख २७ हजार २ सय ५३ र रुसमा १२ लाख ३१ हजार २ सय २७ जनामा संक्रमण पुष्टी भएको तथ्यांक रहेको छ।  
त्यस्तै विश्वमा कोरोनाका कारण पछिल्लो तथ्यांक अनुसार १० लाख ४७ सय ७ सय ३१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। विश्वभर दुई करोड ४८ लाख ५६ हजार ४ सय ९७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि ९० हजार ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। तीमध्ये ६७ हजार ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ६३ जनाको मृत्यु भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी