×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट साउदीमा ८२ नेपालीको मृत्यु, ११ हजारभन्दा बढी नेपाल फर्किए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरोना संक्रमणबाट साउदीमा ८२ नेपालीको मृत्यु, ११ हजारभन्दा बढी नेपाल फर्किए

Artha Sarokar

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट साउदी अरेबियामा रहेका ८२ जना नेपाली कामदारको मृत्यु भएको छ । दुतावासका अनुसार वैदेशिक रोजगारीका क्रममा साउदी पुगेकामध्ये ५ हजारभन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ८२ जनाले ज्यान गुमाएका छन् । 
कोरोना भाइरसको महामारीसँगै रोजगारी गुमाएका र अलपत्र परेका करिब ११ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । २६ हजार ९ सय ५६ जनाले स्वदेश फर्किनका लागि आवेदन दिएका छन् । साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी