- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टी भएको हो ।
थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन । थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।