काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादे १५ लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राती भक्तपुरको ग्ठठाघरबाट घुस रकमसहित पक्राउ परेका गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अध्यक्ष बादेलाई १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । उनले घर बाटो सिफारिस गर्ने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका अध्यक्ष बादेको साथबाट घुसको १५ लाख रुपैयाँ, स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार बरामद गरिएको छ । उनीसँगै उनको कार चालकलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्