Skip to content
LAXMI SUNRISE BANK

आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिवाना

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकाशे पुलमा ब्यानर राख्ने एक कम्पनीलाई कारवाही गरेको छ । महानगरले आकाशे पुलमा ब्यानर राखेर विज्ञापन गर्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई कारवाही गरेको हो । कारवाहीस्वरुप महानगरले कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

आकाशे पुलमा राखिएको ब्यानर पुरानो हुँदसम्म पनि नझिकेको भन्दै कारवाही गरेको महानगरले जनाएको छ ।

ब्यानर राख्ने बेलामा निश्चित समयपछि ब्यानर हटाउने भने पनि ब्यानर पुरानो भएर ब्यानरकै कारण फोहोर देखिँदासम्म पनि ब्यानर नहटाएपछि कारवाही गर्नुपरेको महानगरले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK