×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार बढ्यो बजार, ४.१७ अंकले बढेको नेप्से १५८६.२९ बिन्दुमा, कारोबार २ अर्व ५१ करोडमाथि

LAXMI SUNRISE BANK

मंगलबार बढ्यो बजार, ४.१७ अंकले बढेको नेप्से १५८६.२९ बिन्दुमा, कारोबार २ अर्व ५१ करोडमाथि

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.१७ अंकले बढेर १५८६.२९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ५१ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ । यस कम्पनीको कुल ११ करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेसनल हाइड्रोपावर र अरुण काबेली पावरको भएको छ ।
यता, सोमबारको कारोबारमा बैंक, होटल्स, निर्जीवन बिमा, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स र न्याग्दी ग्रुपको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआरएन लघुवित्त र एनआइबिएल समृद्धि फण्ड-१ का लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी