×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि प्रकरणमा ग्लोबल आइएमई बैंकतर्फ तेर्सिएको प्रश्न- ‘रविको बैंक खाता विवरण बिना अनुमति अरुलाई दिन मिल्छ ?’

PRIME CA
GLOBAL IME BANK

रवि प्रकरणमा ग्लोबल आइएमई बैंकतर्फ तेर्सिएको प्रश्न- ‘रविको बैंक खाता विवरण बिना अनुमति अरुलाई दिन मिल्छ ?’

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खातामा १ करोड ८० लाख रकम जम्मा भएको भन्दै सोमबार कान्तिपुरमा समाचार प्रकाशन भयो । समाचारमा लामिछानेको खाता नम्बरमा सो रकम जम्मा गरेको दाबी गरिएको थियो । त्यस लगत्तै रवि लामिछानेले चौतर्फी आलोचनासमेत खेप्नुपर्यो । यतिसम्म कि उनले पत्रकार सम्मेलन नै गरेर यस विषयमा प्रष्टिकरण दिनुपर्यो ।

यसैबीच प्रश्न उठेको छ, ‘रवि लामिछानेको खाता विवरण र खातामा जम्मा भएको पैसाबारे बैंकले सार्वजनिक मिडियालाई विवरण दिन मिल्छ ?’

बैंकिङका जानकारहरु यो काम ग्राहकको गोपनियताको हकविपरित भएको बताउँछन् । अर्थ सरोकारसँग कुराकानी गर्दै ग्लोबल आइएमई बैंककै कर्मचारीले आफ्नो बैंकमा रहेका खाता र तिनका विवरण सार्वजनिक मिडियामा जानु गलत भएको तर्क गरे । ‘कुनै पनि ग्राहकको बैंक खाता नम्बर र बैंकमा जम्मा भएको वा झिकिएको रकमबारे सम्बन्धित ग्राहकको अनुमतिबिना अरुलाई दिन पाइँदैन ।’, बैंकका ति कर्मचारीले भने, ‘यस विषयमा कसैले प्रश्न उठाए वा लामिछाने स्वयमले बैंकविरुद्ध उजुरी दिए बैंकलाई कारवाही हुनसक्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: