काठमाडौँ । ग्लोबल आईएमई बैंकले रवि लामिछानेलाई दिएको पत्रको मिति सच्याएको छ । लामिछानेलाई आज दिईएको पत्रमा मिति नै गलत भएको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि यस विषयमा लामिछानेलाई पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले प्रश्न गरेका थिए । जवाफमा उनले सो पत्रमा उल्लेखित मिति गल्ती भएको भन्दै बैंकका प्रतिनिधिलाई फोन गरेका थिए । त्यसपछि बैंकले बेलुकीसम्म नै कर्मचारीलाई राखेर मिति सच्याएको छ ।
यता दुई जनाले रुजु गरेको पत्रमा समेत कैफियत देखिएपछि बैंकका हाकिमले सो पत्र तुरुन्त सच्याउन कर्मचारीलाई निर्देशन दिएका थिए । हाकिमको ठाडो निर्देशनपछि ग्लोबल आईएमई बैंकका सो पत्रमा हस्ताक्षर गर्ने दुवै कर्मचारीलाई बेलुकी ७ बजेसम्म अफिसमै राखेर पत्रको मिति सच्याईएको थियो ।
पत्रमा हस्ताक्षर गर्ने दुई कर्मचारीलाई बैंकका उच्च अधिकारीले मौखिक स्पष्टिकरणसमेत लिएको बुझिएको छ । उनीहरुले पनि हतार-हतारमा गल्ती भएको स्वीकारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्