×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्षलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाको कामकाज बन्द

PRIME CA
GLOBAL IME BANK

अध्यक्षलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाको कामकाज बन्द

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुबै जनामा कोरोना सङ्क्रमण पुष्टी भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए । स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना सङ्क्रमित भएको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: