
-
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले असोज १६ गतेदेखि जारी गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता भने आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री खुल्ला गरेको थियो ।
बैंकले ७ वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ ।
लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थको यो ऋणपत्रमा इक्रा नेपालले न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्