×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार्डपर्वलाई लक्षित गर्दै इसेवा मनि ट्रान्सफरले ल्यायो यस्तो अफर, इसेवामा विदेशबाट रकम प्राप्त गर्दा सय रुपैयाँ बाेनस पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चार्डपर्वलाई लक्षित गर्दै इसेवा मनि ट्रान्सफरले ल्यायो यस्तो अफर, इसेवामा विदेशबाट रकम प्राप्त गर्दा सय रुपैयाँ बाेनस पाइने

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडाैं । इसेवा मनि ट्रान्सफरले दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज जित्न सकिन्छ ।
इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा सय बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुने कम्पनिले जनाएकाे छ ।
रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी