×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.६३ अंकले घट्यो सेयर बजार, साढे २ अर्व माथिको कारोबार हुँदा नेप्से १५८२.१२ बिन्दुमा

LAXMI SUNRISE BANK

सोमबार ३.६३ अंकले घट्यो सेयर बजार, साढे २ अर्व माथिको कारोबार हुँदा नेप्से १५८२.१२ बिन्दुमा

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार ३.६३ अंकले घटेर १५८२.१२ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ५७ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको कुल १४ करोड ९१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण कबाली पावर र अरुण भ्याली हाइड्रो पावरको भएको छ ।
यता, सोमबारको कारोबारमा होटल्स, विकास बैंक, हाइड्रोपावर, अन्य र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै कामना सेवा विकास बैंक र रैरंग हाइद्रोपावरको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी