×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त !

LAXMI SUNRISE BANK

नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त !

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् ।  नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डलरले खुला प्रतिस्पर्धाबाट श्रेष्ठलाई नियुक्ति गरेको हो । 
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि श्रेष्ठ र सन्तोषराज नेपाल सीईओका लागि सर्टलिष्टमा परेका थिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हु्न् । राष्ट्र  बैंकमा ३० वर्षे सेवा अवधिपछि उनले अघिल्लो वर्ष जेठमा अनिवार्य अवकाश पाएका थिए । राष्ट्र  बैंकबाट अवकाश पाउनुअघि उनी लामो समय  बैंकको सुपरिवेक्षण विभागको नेतृत्वमा थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी