×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा तीन करोड ५० लाख बढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति ?

LAXMI SUNRISE BANK

विश्वमा तीन करोड ५० लाख बढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति ?

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५० लाख नाघेको छ । संक्रमित हुनेको संख्या तीन करोड ५० लाख ७९ हजार १५२ जना पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ । 
अमेरिकामा सबैभन्दा धेरै ७४ लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने भारतमा ६६ लाख २३ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ४९ लाख नाघेको छ भने रुसमा १२ लाख नौ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३६ हजार ११ पुगेको छ । अहिलेसम्म विश्वभर दुई करोड ४४ लाखभन्दा धेरै संक्रमित निको भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी