×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातोपानी नाका फेरी संचालनमा आयो, भित्रिए कपडा र कच्चा पदार्थका ११ वटा कन्टेनर

LAXMI SUNRISE BANK

तातोपानी नाका फेरी संचालनमा आयो, भित्रिए कपडा र कच्चा पदार्थका ११ वटा कन्टेनर

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । तातोपानी नाका पुनःसञ्चालनमा आएको छ । नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आइतबार चिनियाँ सामग्री आउन सुरु गरेको छ । सोमबार ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।
चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ । तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।
यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी