×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १४.७१ अंकले बढ्यो सेयर बजार, ३ अर्व २९ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK

आइतबार १४.७१ अंकले बढ्यो सेयर बजार, ३ अर्व २९ करोडमाथिको कारोबार

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको १ करोड १० लाख ८६  हजार ४८० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व २९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिभम सिमेन्टको भएको छ । यस कम्पनीको कुल २२ करोड १६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र एनसीसी बैंकको भएको छ ।
यता, आइतबारको कारोबारमा हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र शिभम सिमेन्टको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनियन हाइड्रोपावर र दिब्यश्वोरी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी