×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको ८९ हजार ४५० कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिभिल लघुवित्तको ८९ हजार ४५० कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

Artha Sarokar

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४५० कित्ता सेयर लिलामी खुला हुने भएको छ । बैंकले संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । 
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यो लिलामीमा लगानीकर्ताले असोज २५ गतेबाट कात्तिक २ गतेसम्म आवेदन दिने सक्ने छन्। 
लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट रहेको छ । 
यस लिलामीमा लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट तथा सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, बैंकको विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, घोराही, बाग्लुङ तथा महेन्द्रनगरका शाखा कार्यालयहरुबाट पनि लिलामी सेयरमा आवेदन दिन पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी