×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ललिता निवासको जग्गा प्रकरणमा सरकारले व्यापारीलाई ‘ब्ल्याकमेल’ गर्न पक्राउ गर्यो’- ज्ञानेन्द्र शाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘ललिता निवासको जग्गा प्रकरणमा सरकारले व्यापारीलाई ‘ब्ल्याकमेल’ गर्न पक्राउ गर्यो’- ज्ञानेन्द्र शाही

Artha Sarokar

१० फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ललिता निवासको जग्गा प्रकरणमा सरकारले व्यापारीलाई ‘ब्ल्याकमेल’ गर्न पक्राउ गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहीले निर्णय गर्ने नेता र मन्त्रीलाई उन्मुक्ति दिएर सरकारले व्यापारी समातेर ‘ब्ल्याकमेल’ गरेको आरोप लगाएका हुन् ।

उनले ललिता निवासको सरकारी जग्गा निजी बनाएर मन्त्रिपरिषदको निर्णय गर्ने पुर्व प्रधानमन्त्रिद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई उनमुक्ति दिएर व्यापारीलाई पक्राउ गरेको बताएका छन् ।

‘तत्कालिन पूर्वप्रधानमन्त्रि माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा निजी बनाएर मन्त्रिपरिषदको निर्णय गरेका उनीहरुले उनमुक्ति पाए । तर, व्यापारीलाई समातियो ।’, सांसद शाहीले भने, ‘यो सरकारले व्यापारीलाई  ब्ल्याकमेल गर्नका लागि पक्राउ गर्यो ।  यस्तो कानुनी राज्य हुन सक्दैन ।’

त्यस्तै, उनले अहिले देशको विकास निर्माणका थुप्रै कार्यहरु पनि अलपत्र परेको गुनासो गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी